‘मेरो आफ्नो’ निर्माण हुने
फिल्म ‘मेरो आफ्नो’ निर्माण भएको छ । ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती र बसन्त शर्मा,मात्रिका बजिमयको निर्माण रहने फिल्मलार्ई राजु अधिकारीले निर्देशन गर्दैछन् ।
शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पुजा गरेर निर्माण पक्षले यो चलचित्र निर्माण हुने आधिकारिक घोषणा गरेको हो ।
फिल्म ‘मेरो आफ्नो’ को छायांकन असोज ७ गतेबाट सुरु हुने बताईएको छ, भने चितवन र मनाङ्गमा यसको सम्पुर्ण छायांकन हुनेछ ।
केवल जंग कुवंरले डेब्यु गर्न लागेको यो फिल्ममा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजले अभिनय गर्दैछन् ।
फिल्म ‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको एक्सन र पवन गौतमको छायांकन रहने छ ।