प्रियंकाको विकिनी पहिरनले ल्याएको तरंग
अभिनेत्री प्रियंका कार्कीको ढल्कदो करिअर र धेरै स्क्यान्डलले उनलाई दर्शकबाट टाढा लग्दैछ । प्रियंका करिअरमा भन्दा पनि पर्सनल जीवनमा बढी फोकस हुन थाल्दा उनीमाथि फिल्मीकर्मी पहिलेको जस्तो सोच राख्दैनन् ।

कुनै बेला काम गर्न सजिली प्रियंका अहिले असजिलो हुन थालेकी भन्ने खबर सुनिन्छ । प्रियंका भने पर्सनल जीवनमा रमाउनमा व्यस्त छिन् । उनले सामाजिक संजालमा राखेको स्विमिङ पहिरनको तस्बिरले आलोचना भोगिरहेको छ । उनले राखेको पहिरनमा विशेषगरि, उनको दुब्लाउँदो शरीरलाई लिएर आलोचना बढी भएको छ ।

कतिपयले त प्रियंकाले फोटो इडिट गरेको आरोप समेत लगाउन भ्याएका छन् । प्रियंका निकै दुब्लाएको तस्बिरबाट प्रष्ट हुन्छ । तर, यस्ता तस्बिरमा रमाउन चाहने प्रियंकाले सोलो हिट फिल्ममा ध्यान दिन आवश्यक रहेको छ ।
For More videos Log on to Mazzako TV








