जन्मदिनमा घोषणा हुन सकेन सितारामको फिल्म (भिडियो)
हाँस्य कलाकार सिताराम कट्टेल केही बर्षदेखि कला क्षेत्रबाट टाढा छन् । उनी कला क्षेत्रबाट टाढिएर समाजसेवामा लागेका हुन् । उनकै सहकर्मी साथीहरु सिनेमा बनाउन तल्लिन छन् । अब सितारामले पनि सिनेमा बनाउने तयारी थालेका छन् ।

मनोज गजुरेल, भद्रगोल टिमसँग मिलेर उनले सिनेमा बनाउन लागेका हुन् । आज परेको उनको जन्मदिनमा यो फिल्मको घोषणा गर्ने तयारी पनि गरिएको थियो । तर, तयारी नपुगेको भन्दै सिनेमाको घोषणा हुन सकेन । कलाकारको कुरामा प्रदिप खड्काको नाम पनि अगाडि छ । सितारामले प्रदिप हिरो हुने या नहुने भन्ने बिषयमा कुनै निर्णय नभएको बताए ।

सिनेमाको बारेमा सम्पूर्ण जानकारी पछि पत्रकार सम्मेलन गरेरै दिने तयारी भएको उनले बताए । सिनेमाको नाम एन्टीभाइरस राखिएको छ । तर, नाम परिवर्तन हुन सक्ने सितारामको भनाई छ ।
For More videos Log on to Mazzako TV








