हतारमा गरेको निर्णयले निर्माताहरु पछि पछुताउछन् । अझै, फिल्म नचलेपछि नचलेको माहोललाई तोडमोड गर्न निर्माताले अनेक जुक्ती लगाउँछन् । मुखौटा सिनेमा बक्स अफिसमा ध्वस्त भएपछि निर्माताले मुखौटा २ बनाउने भनेर प्रेस रिलिज नै निकालेका थिए ।

मुखौटा सुपरफ्लप हुँदा मुखौटा २ बन्ला भनेर त कसैले पत्याएनन् । तर, उनले सिनेमाको सिक्वेल बनाउने भनेर घोषणा गरिदिएका थिए । फाटेको जुत्ता गएको बर्ष रिलिज भएपछि चल्यो भनेर देखाउन निर्माता अर्जुन कुमारले प्रेसमिट नै गरे । उनले सो समयमा फाटेको जुत्ता २ बनाउने घोषणा मात्र गरेनन्, पोष्टर पनि सार्वजनिक गरेका थिए । उनको भनाई अनुसार त, फाटेको जुत्ता २ गतबर्षको चैत्रमा नै रिलिज हुनुपर्ने हो ।

गएको बर्ष लिलिबिली रिलिज भएको डेटमा अर्जुनको फाटेको जुत्ता २ रिलिज हुनुपर्ने हो । फिल्म असफल भएपछि सिक्वेल बनाउने हल्ला चलाइदिने निर्माताको रोग पुरानै हो । तर, यसले दर्शकले विश्वास गर्न छाड्ने वातावरण बन्छ ।

For More videos Log on to Mazzako TV