आँचलको पछि डिआइडीका सुजन देखि भिमफेदी गाईजसम्म (भिडियो)
नायिका आँचल शर्मा अभिनित नयाँ ‘रेलिमाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भारतको रियालिटी शो डिआइडीका सुजन मार्फा तामाङ्क र भिमफेदी गाईजलाई पहिलोपटक प्रस्तुत गरिएको म्युजिक भिडियो रिलिज भएको हो ।
भिडियोमा दुई ग्रुपसंग नायिका आँचल शर्माले रोमान्स गरेकी छिन् । दिपक आचार्यको शब्द तथा मिष्टर आर.जे. को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर.जे.को स्वर सुन्न सकिन्छ ।

रेलिमाई बोलको उक्त गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो। गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन्। नेपालको ईतिहासमै दुई डान्स ग्रुप एकसाथ देखिएको यो पहिलो पटक हो। रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई कलाकार तथा स्क्रिप्ट राइटर दिपक आचार्यले निर्देशन गरेका हुन्। दिपकले यसअघि पनि दर्जनौं चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन्।
For More videos Log on to Mazzako TV








