‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत, धिरज र साम्राज्ञी यस्तो अवतारमा (भिडियो)
रेनशा बान्तबा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक इन्टु मिन्टु गीतमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह साल्सा डान्समा प्रस्तुत भएका छन् । सुजिल कर्मचार्यको शब्द, संगीत र स्वर रहेको सार्वजनिक गीतमा श्रेया सोतांगले पनि आवाज दिएकी छिन् ।

भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका छन् । फिल्ममा समावेश तीन गीतहरु सार्वजनिक भैसकेका छन्, भने मज्जाको प्रतित्रिया समेत पाइसकेका छन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ धिरज मगरसँगै शारुक ताम्रकारको मुख्य भूमिका छ । फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV








