प्रदिपलाई लभ स्टेशनले बचाउला कि प्रेमगीत ३ नै चाहिएला ?
प्रेमगीत र प्रेमगीत २ जस्तो चर्चा र हिट अभिनेता प्रदिप खड्काको न त लिलिबिली नै भयो न त रोज नै । लिलिबिली हलमा ठिकै चल्दा रोज फ्लप भयो । प्रदिपको करिअरको सबैभन्दा घातक निर्णय नै रोज बन्न पुगेको छ । यसैले रोजको कामलाई साइड लगाएर अब प्रदिप लभ स्टेशन सिनेमाको तयारीमा लागेका छन् ।

लभ स्टेशनको वर्कशपका लागि भनेर उनी जापान पनि गएनन् । प्रदिप खड्कालाई स्टार बनाएको सिनेमा प्रेमगीत र प्रेमगीत २ हो । यसैले प्रेमगीत ३ मा को हिरो होला बन्ने चर्चा चल्न थालेको छ । प्रेमगीत ३ मा प्रदिप हिरो नहुने भन्ने हल्ला पनि छ । प्रदिप खड्काको बिषयमा अहिले नै निर्माता सन्तोष सेनले कुनै निर्णय नै गरेका छैनन् । तर, प्रदिप र सन्तोष विच असमझदारी बढेको देख्न सकिन्छ ।
प्रदिपलाई स्टार बनाएको र महंगो बनाएको प्रेमगीत ब्रान्डले हो । लिलिबिलीले उनलाई फाइदा र घाटा दुबै भएन भने रोजले घाटा भयो । यसैले प्रदिपलाई रोजको असफलता पूर्ती गर्नका लागि लभ स्टेशनले काम गर्ला कि प्रेमगीत ३ नै चाहिएला भन्ने चर्चा चल्न थालेको छ ।
For More videos Log on to Mazzako TV








