छक्का पन्जा र छक्का पन्जा २ बैदेशिक रोजगारको बिषयमा बनेतापनि छक्का पन्जा ३ ले कस्तो बिषय उठान गरेको छ भन्ने अझै खुलेको छैन । दशैमा रिलिज भनिएतापनि सिनेमा कति गतेबाट आउँछ भन्ने पनि खुलाइएको छैन । यसैले छक्का पन्जा ३ सस्पेन्समा छ अझै ।

यही विचमा सिनेमाको फस्टलुक रिलिज भएको छ । सिनेमाको फस्टलुकमा अभिनेता दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ र अभिनेत्री दीपिका प्रसाई मात्र छन् । पोष्टरमा फिल्मकी अर्की मुख्य कलाकार प्रियंका कार्कीलाई राखिएको छैन ।

।दिपाश्री निरौलाको निर्देशनमा तयार भएको यो सिनेमालाई सामाजिक कथावस्तुको साथमा कमेडी जनरामा बनाइएको छ । शनिबार सिनेमाको ट्रेलर सार्वजनिक हुँदैछ ।

For More videos Log on to Mazzako TV