सुनिल गुरुङको ‘द गिफ्ट’ लाई ३ लाख पुरस्कार
नेपाली फिल्महरुमा कथाको अभाब र कमजोरी देखिदै आएको अबस्थामा स्क्रिप्ट लेखन प्रतियोगीता सम्पन्न गरिएको छ । प्रतियोगिताको तेस्रो संस्करणको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको छ । ‘द गिफ्ट’ नामक कथा लेखेका सुनिल गुरुङक उत्कृष्ट घोषित भएका हुन् । उनले नगद रु ३ लाख प्राप्त गरे ।
‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन मनोज अधिकारीको टिमले सन् २०१२ बाट ’स्क्रिप्ट राइटिङ प्रतियोगिता’ सुरु गरेको थियो । १ सय ५० स्क्रिप्ट प्रतियोगितामा सहभागी भएपनि भएका थिए । विजेता घोषणा भएपछि सुनिल भावुक भएका थिए । उनले आफूले अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हासिल गरेको बताए ।
द्वन्द्वकालको समयमा आर्मी बन्ने सपना बुनेका एक युवक र नर्स बन्ने लक्ष्य लिएकी एक युवतीको प्रेमकथा उनले स्क्रिप्टमा उतारेका छन् । १ सय ५० स्क्रिप्टबाट उत्कृष्ट ३० स्क्रिप्ट दोस्रो चरणका लागि छनौट गरिएको थियो । जसमध्ये टप तीनमा ‘द गिफ्ट’ सँगै रियाज नत्तकको ‘मी र म’ र विपिन भुजेलको ‘अल वान आउट’ परेका थिए ।
For More videos Log on to Mazzako TV