नेपालमा अवार्ड ग्यारेन्टी भएर प्रदिप जापान नगएका हुन् ?
अभिनेता प्रदिप खड्काले आफू जापान पक्का जान्छु भनेर पनि नगएको आरोप यसको आयोजकले लगाएको छ । सूर्य इन्टरनेशलले आयोजना गरेको अवार्डमा ४ दर्जन कलाकार जापान पुग्दा प्रदिपको पनि जाने लिस्टमै नाम थियो । तर, उनी जापान अन्तिम समयमा गएनन् ।

प्रदिपले जापान आउँछु भनेर पनि अन्तिम समयमा नआएको आरोप आयोजकले लगाएको छ । नेपालमा अवार्ड ग्यारेन्टी भएर, आफूहरुको अवार्डमा नभएर उनी नआएका हुन् कि भन्ने प्रश्न समेत आयोजकको छ । प्रदिप खड्कासहित केही कलाकार भिजा लागेर पनि जापान नगएको आयोजकले आरोप लगाएको छ ।
कतिपयले श्रीमतिको भिजा नलगाइदिएको, कतिपयले अवार्ड पाउने पक्का नभएकोले नआएको आयोजकको भनाई छ । जापानमा आयोजना भएको सूर्य इन्टरनेशनल अवार्ड आइतबार सकिएको छ ।
For More videos Log on to Mazzako TV








