जापानमा आइतबार आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’मा अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अवार्ड पाए । यी दुइले पाएको अवार्ड आयोजकले सार्वजनिक गरेको अवार्डको मुख्य थीम भन्दा बाहिरको छ ।

आयोजकले भोटिङको आधारमा अवार्ड दिने बताएको थियो । जसमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अवार्ड पाएका थिए । तर, पल र सुदर्शनले दर्शकको भोट धेरै पाएर अवार्ड जित्दा अनमोल र साम्राज्ञीलाई आयोजकले आफ्नै नामबाट अवार्ड दियो ।

सूर्य पपलुर अभिनेता अनमोल र सूर्य पपुलर अभिनेत्री साम्राज्ञी भइन् । जापानमा अनमोल गएका थिएनन् भने साम्राज्ञी पुगेकी थिइन् । साम्राज्ञी र अनमोललाई आयोजकले सान्तवना अवार्ड दिएको हो त ?

For More videos Log on to Mazzako TV