आफ्नो प्रगतीबाट खुशी श्रृष्टी
अभिनेत्री श्रृष्टी श्रेष्ठको २ सिनेमा मात्र रिलिज भएका छन् । तेश्रो सिनेमा बाँध मायाले असोजको ५ गतेबाट रिलिज हुँदैछ । अघिल्लो सिनेमा रोमियो एन्ड मुना असफल भएपछि श्रृष्टीलाई हिट हुनका लागि अभिनेता अनमोल केसी नै चाहिएको हो कि भन्न थालिएको छ ।

तर, श्रृष्टी आफूलाई अहिले नै अनमोलको साथ नचाहिने बताउँछिन् । उनले, आफ्नो प्रगतीको रेखालाई लिएर खुशी रहेको पनि बताएकी छिन् । श्रृष्टीले बाँध मायाले कथा मन परेकाले आफूले काम गरेको बताएकी छिन् । श्रृष्टीले यो सिनेमाको कथावस्तु मौलिक र साधारण भएपनि विशेष भएको सुनाइन् ।
सविर श्रेष्ठले निर्देशन गरेको सिनेमामा आर्यन अधिकारीसँग श्रृष्टीको जोडी बाँधिएको छ । श्रृष्टीले अभिनेता अनमोल केसीसँग फेरि पनि काम गर्ने चाहना रहेको बताएकी छिन् ।
For More videos Log on to Mazzako TV








