मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । यस लिरिकल भिडियोमा चलचित्रका केही तस्बिरहरु समेटिएको छ ।
निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथालाई प्रस्तुत गरिएको यो चलचित्रमा नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई दम्पत्तिको भुमिकामा हेर्न सकिन्छ ।

सुवास थापाको निर्माणमा तयार भएको चलचित्रको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका छन्, । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असर निम्त्याउँछ भन्ने देखाउन खोजिएको छ ।

यस गीतलाई केतन क्षेत्रीले स्वर दिएका छन् । गणेश शाही को शब्दमा सुबास भुसालको संगीत रहेको यस गित लाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

For More videos Log on to Mazzako TV