वेभ सिरिजको ‘माई बेस्ट फ्रेन्ड’
साकेवा मुभिजको ‘माई बेस्ट फ्रेन्ड’ नामक वेभ सिरिज नियमित रुपमा युट्युब मार्फत सार्बजनिक गर्दै आइ रहेको छ । ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज ‘माई बेस्ट फ्रेन्ड’ को १९ औँ भाग सार्बजनिक गरिएको छ । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ ।
मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । १९ औँ भाग सम्म आइ पुग्दा सिरिजले यु ट्युब आफ्नै किसिमका दर्शक बनाई सकेको छ । सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा निर्देशन किरण राईको रहेको छ ।
संगीत अनिस श्रेष्ठको संगीत रहेको सिरिजमो भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ ,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट,निर्मल खड्का, लगायतको अभिनय छ ।
For More videos Log on to Mazzako TV