हतार गरेर जापान किन जानुपथ्र्यो र साम्राज्ञीलाई ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हतार गरेर जापान किन जानुपथ्र्यो होला ? किनकी, असोज ५ गतेबाट उनको सिनेमा इन्टु मिन्टु लण्डनमा रिलिज हुँदैछ । तर, उनी आइतबार भएको सूर्य इन्टरनेशल अवार्डमा सहभागी हुन शुक्रबार जापान उडेकी हुन् ।
जापान गएकी साम्राज्ञीले सूर्य इन्टरनेशल पपलुर अवार्ड त प्राप्त गरिन् । तर, उनका लागि अहिले अवार्ड भन्दा पनि सिनेमाको प्रमोशन मुख्य प्राथमिकतामा पर्नुपर्ने हो । यो सिनेमाकी निर्देशक रेनशा वान्तवा राई अहिले हिरो धिरज मगरलाई लिएर अवार्ड कार्यक्रमदेखि मिडियामा पुगिरहेकी छिन् ।
उनले त आफ्नो फिल्मकी हिरोइन साम्रागी विदेश गएको भन्दै दुख पनि व्यक्त गरिन् । जे भएपनि सिनेमा रिलिजको समयमा कलाकारका लागि त्यो नै महत्वपूर्ण हुनुपर्ने हो । तर, विदेश जान भनेपछि नेपाली सिनेमाका कलाकार मरिहत्ते किन गर्छन् ?
सूर्य इन्टरनेशल अवार्डका केहि फोटोहरु :
For More videos Log on to Mazzako TV