दीपाश्री निरौलाको निर्देशनमा तयार भएको सिनेमा छक्का पन्जा ३ लाई विदेश प्रदर्शनका लागि विक्री गरिएको छ । हाइलाइट्स नेपालले यो सिनेमाको ओभरसिज राइट्सका लागि १ करोड मुल्य तिरेको छ । अब, यो सिनेमालाई विदेशमा हाइलाइट्सले विक्री गर्नेछ । तर, यसपटक छक्का पन्जा ३ को युटुब राइट्स भने विक्री गरिएको छैन ।

नेपाली फिल्म भकाभक युटुबमा आउँदा दर्शक हलमा जान छाडेकाले छक्का पन्जा ३ युटुबमा नराख्ने योजनामा निर्माता दिपकराज गिरी छन् । यो सिनेमाको ट्रेलर रिलिज भएको छैन । तर, सिनेमाको २ वटा गीत सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ ।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, वुद्दि तामाङ फिल्मको मुख्य भूमिकामा छन् । दशैको अवसर पारेर सिनेमा रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV