नीताको अर्थहिन खुशी
नेपाली कलाकारले आफ्नो स्थान विर्सदा हो, नेपाली कलाकारलाई राज्य र दर्शकले उचित सम्मान दिन नसकेको । अब, अभिनेत्री नीता ढुंगानालाई नै हेरौ न । सिनेमा सर्कल अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएपछि नीताले भाषण गर्दा जे भनिन्, त्यो उनले आफ्नो स्थान खसालेर बोलेको प्रष्ट थियो ।

नीतालाई अभिनेता गोविन्दाकी छोरी टिना आहुजाले अवार्ड दिएकी थिइन् । नीताले त आफ्नो सबैभन्दा खुशीको क्षण नै टिनाको हातबाट अवार्ड पाउनु रहेको बताइन् । टिनाको हातबाट अवार्ड पाएपछि नीताले कसैलाई तिमी भाग्यमानी छौ भनेर भनेको याद आयो ।
नेपालकी चर्चित अभिनेत्रीले बलिउडकी एक कलाकारकी छोरीको हातबाट अवार्ड पाउँदा यत्रो गर्व नै गर्नुपर्ने थियो र ? नीताले नेपालमा आफ्नो स्थान के हो, नेपाली फिल्मको आफू कुन स्थानकी अभिनेत्री हुँ भन्ने नै विर्सिदिइन् ।
For More videos Log on to Mazzako TV








