‘ढल्की ढल्की नाँच’ ‘चंगाचेट’ नयाँ गीत (भिडियो)
अभिनेत्री प्रियंका तथा उनका प्रेमी आयुष्मान देशराज जोशी स्टार फिल्म ‘चंगाचेट’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘ढल्की ढल्की नाँच’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक ‘गोजीमा दाम छैन्’ बोलको गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ ।
‘ढल्की ढल्की नाचन’ बोलको गीतमा मिस्टर आरजेको संगीत र अल्मोढा राना उप्रेतीको स्वर छ । अल्मोडाकै एरेञ्ज रहेको गीतमा हरिहर तिल्सिनाको शब्द र आरजेको र्याप पनि छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, सुरक्षा पन्त र परमिता राज्यलक्ष्मी राणा प्रस्तुत छन् । सिनेम्याटोग्राफर निजर कंडेल हुन् ।
दिपेन्द्र के खनाल निर्दे्शित फिल्म ‘चङ्गा चेट’ लाई माधव वाग्ले र सर्मिला पाण्डे मिलेर बनाएका हुन् । कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV