आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को नयाँ पोस्टर सार्वजनिक भएको छ ।  फिल्म रिलिज हुन केहि दिन मात्र रहेको बेला फिल्मका २ पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा आर्यन र सृष्टि निकै रोमान्टिक रुपमा प्रस्तुत छन् । उनीहरु एक अर्काको मायामा डुबेको देखिन्छन् ।

सार्वजनिक पोस्टरबाट ‘बाँध मायाले’ पूर्ण रुपमा लभ स्टोरी फिल्म हो भन्ने अनुमान गर्न सकिन्छ । सविर श्रेष्ठ निर्दे्शित फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकार राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

प्रदर्शन मिति नजिकिएसँगै ‘बाँध मायाले’ आफ्नो प्रचारलाई तिव्रता दिएको छ । यतिबेला फिल्म युनिट कलेज क्याम्पियनदेखि मिडिया अन्र्त्क्रियामा व्यस्त छ । फिल्म असोज ५ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेका छन् । महेन्द्र अधिकारी फिल्मका सह निर्माता हुन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन छ ।

For More videos Log on to Mazzako TV