नेपाली चेलीसँग बिहे गरेकाले पनि अभिनेता गोवन्दा नेपालमा पनि लोकप्रिय छन् । उनलाई त नेपालका ज्वाँई भन्ने गरिन्छ । यसैले पनि गोविन्दालाई नेपालबाट विभिन्न साइनो लगाइन्छ । राजधानीमा आयोजना भएको एक अवार्डमा सहभागी हुन आएका गोविन्दालाई अभिनेत्री नीता ढुंगानाले भिनाजुको साइनो लगाइन् ।

नीताले गोविन्दाकी श्रीमति आफ्नी दिदी भएको भन्दै उनलाई भिनाजु भनिन् । नीताले भिनाजु भनेपछि गोविन्दा पनि के कम थिए र ? उनले पनि नीतालाई साली भन्न भ्याए । आफू विश्वको जुनसुकै देशमा पुग्दा पनि कसैले ज्वाई, भिनाजु भन्दा पक्कै नेपाली नै हो भन्ने आफूले ठान्ने गोविन्दाको भनाई छ ।

गोविन्दाले नेपाल र नेपालीबाट पाएको मायाले आफू सधै नै खुशी भएको बताए । गोविन्दाको अगाडि उत्कृष्ट अभिनेत्रीको अवार्ड थाप्दा नीता पनि खुशी देखिइन् ।

For More videos Log on to Mazzako TV