राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘तेश्रो एलजी सिनेमा सर्कल’मा उत्कृष्ट अभिनेताको अवार्ड नाजिर हुसेनले पाए । ७ जना कलाकार यो विधामा नोमिनेशनमा थिए । तर, नाजिरले फिल्म तिमीसँगबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते ।

उनले यो फिल्मबाट अवार्ड जित्दा सरोज खनाल, राज कटुवाल, दयाहांग राई, प्रदिप खड्का, अनमोल केसी, पुष्पल खड्कालाई पछि पारे । अब प्रश्न यो उठ्छ कि, नाजिर तिमी सँग फिल्मका मुख्य हिरो हुन् या होइनन् । यो फिल्मको मुख्य हिरो आकाश श्रेष्ठ हुन् । आकाश मुख्य हिरो भएको फिल्ममा नाजिर सह अभिनेता छन् ।

फेरि, नाजिरले राज्जा रानीमा राम्रो काम गरेका छन्, तर तिमी सँगमा औषत छन् । यस्तो अवस्थामा नाजिर उत्कृष्ट हिरो हुँदा अवार्डमाथि प्रश्न उठाउन सकिन्छ कि सकिदैन । यसै त नेपालमा अवार्ड बदनाम छ । झन्, यसरी अवार्ड वितरण गरिदा अवार्डको गरिमा के होला ?

For More videos Log on to Mazzako TV