पूजा र आँचल बोलेनन्
अभिनेत्री पूजा शर्मा र आँचल शर्मा एउटै देश जान लागेपनि बोलचाल भने गर्न तयार छैनन् । जापानमा आयोजना हुन लागेको सूर्य इन्टरनेशल अवार्डमा सहभागी हुन उनीहरु जापान उडेका छन् । तर, विमानस्थलमा उनीहरुले एक अर्कालाई वास्ता गरेनन् ।

आँचल र पूजाको सम्बन्ध अभिनेता पल शाहसँग पूजाले फिल्म खेलेपछि राम्रो छैन । तर, रामकहानी सिनेमा चल्ने बेलामा त पूजालाई आँचलले कटाक्ष गरेपछि उनीहरुविच फेसबुक र मिडियामा युद्ध नै चलेको थियो । त्यो युद्ध विमानस्थलमा पनि देखिएको छ ।
पूजा र आँचल अरुसँग बोलेपनि एक अर्कासँग बोलेनन् । उनीहरुविचको यो बोलचाल नै नहुने क्रम लामो समयसम्म चल्ने देखिन्छ ।
For More videos Log on to Mazzako TV








