अहिले अभिनेत्रीहरु निर्मात्री बन्ने क्रम बढेको छ । यही क्रममा अभिनेत्री नीता ढुंगानाले गतबर्ष नै आफ्नो जन्मदिनको अवसर पारेर सिनेमा बनाउन लागेको बताएकी थिइन् । यसका लागि उनले प्रोडक्शन हाउस समेत खोल्ने बताएकी थिइन् ।

उनै नीताले नीता फिल्मस् प्रोडक्शन हाउस स्थापना गरेकी छिन् । नीताका अनुसार अब यो कम्पनीबाट उनले फिल्म निर्माण गर्नेछिन् । नीता ढुंगानाको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन विशेष तरिकाले मनाउँदैछिन् ।

राजधानीको एक होटलमा उनले जन्मदिन विशेष कार्यक्रम समेत आयोजना गरेकी छिन् । नीता अभिनित सिनेमा करोडपति रिलिजको क्रममा छ । नीता नेपाली सिनेमामा चल्तीकी अभिनेत्री हुन् ।

For More videos Log on to Mazzako TV