सुस्मिताले गरिन् इन्गेजमेन्ट
अभिनेत्री र निर्मात्री सुस्मिता केसीले अभिनेता भूवन केसीसँग डिभोर्स गरेको करिब ९ बर्षपछि नयाँ जीवन सुरु गर्ने भएकी छिन् । अष्ट्रेलियाका धनाढ्य व्यापारी किलन स्वामीसँग उनले सेप्टेम्बर ९ मा इन्गेजमेन्ट गरेकी छिन् ।
उनीहरुले सन् २०१९ को भ्यालेन्टाइन डेमा बिहे गर्ने तयारी गरेका छन् । बिहे फिजीमा हुनेछ । सुस्मिताले किलन जस्तो श्रीमान् पाएको भन्दै खुशी पनि व्यक्त गरेकी छिन् । किलन अष्ट्रेलियामा ग्यासको व्यवसाय गर्दै आएका छन् ।
सुस्मिताले किलनलाई चुम्बन गर्दै गरेको तस्बिर पोष्ट गरेर बिहे गर्न लागेको खुलासा गरेकी हुन् । सुस्मिताले किलनसँग बिहे गर्न लागेको खबरपछि अभिनेता भूवन केसीले उनलाई शुभकामना मात्र भनेका छन् ।
For More videos Log on to Mazzako TV