नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरको जोडी रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले पछिल्लो समय बिभिन्न प्रकृया बाट चर्चा कमाइरहेको छ ।असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र को निर्देशन रेनाशा वान्तवा राई ले गरेकी हुन्, ।अहिले उक्त फिल्मको दुई अफिसियल पोस्टर लञ्च गरिएको छ ।


प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

For More videos Log on to Mazzako TV