हुनत, नेपाली फिल्मले छोटो समयमा नै पाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नै हुन् । साम्राज्ञीले छोटो समयमा नै स्टारडम बनाएकी पनि हुन् । तर, यसलाई जोगाउन नसके उनले चाडै नै यो स्टारडम गुमाउनु पनि पर्नेछ । पोखरामा पुगेर जति पनि हिरो र निर्माता छन्, उनीहरुलाई आफू चाहिने बताएकी साम्राज्ञीको भनाइको आलोचना भैरहेको छ ।

ठूला ठूला ब्यानरका सिनेमा छाड्दै आएकी यी हिरोइनले दिएको यो बयानलाई अहिले उनको चढ्दो घमण्डको रुपमा हेर्न थालिएको छ । साम्राज्ञीको तिमी सँग र कायरा सिनेमा बक्स अफिसमा असफल भएका थिए । २ सिनेमा ड्रिम्स र ए मेरो हजुर २ चल्नुको कारण उनी मात्र होइनन् । यसैले, साम्राज्ञीले महंगो पारिश्रमिक लिइरहँदा उनको क्रेज अब घटेको हो कि भन्ने विश्लेषण हुन थालेको छ ।

तर, सिनेमा चलाउनका लागि हरेक हिरो र निर्मातालाई आफू नै चाहिने बयान दिएर साम्राज्ञीले चढ्दो घमण्ड व्यक्त गरेकी छिन् । चढ्दो घमण्ड र घट्दो स्टारडमले फाइदा गर्दैन भन्ने साम्राज्ञीले वुझ्न आवश्यक छ ।

For More videos Log on to Mazzako TV