श्रृष्टीलाई कथा मनपर्याे कि सविरको बानी ?
अभिनेत्री श्रृष्टी श्रेष्ठका लागि असोज ५ गते रिलिज हुने फिल्म बाँध मायाले चल्नैपर्ने हुन्छ । किनकी, उनका लागि दोश्रो सिनेमा रोमियो एन्ड मुनाको असफताले ठूलै झट्का दिएको छ । यसैले तेश्रो सिनेमा पनि नचलेको खण्डमा श्रृष्टीलाई गाह्रो पर्नेछ । श्रृष्टी भने यो सिनेमा दर्शकले मन पराउनेमा विश्वस्त छिन् ।
उनले, यो सिनेमामा काम किन गरिन् होला ? श्रृष्टीका अनुसार उनले यो सिनेमामा काम गर्नुको कारण निर्देशकको बानी हो । निर्देशकले आफूलाई यो भूमिकामा लागि तिमी नै फिट छौ, काम गर्नुपर्यो भनेपछि हार्न नसकेको श्रृष्टीले बताइन् । आफू बाहिर बोल्ड भएपनि यो सिनेमामा सामान्य यूवतीको भूमिकामा देखिएको श्रृष्टीले बताएकी छिन् ।
निर्देशक सविर श्रेष्ठको बानीले प्रभावित बनाएको उनले जानकारी दिइन् । श्रृष्टीले अर्गानिक फिल्म हेर्न बाँध मायाले हेर्नुपर्ने बताइन् । आर्यन अधिकारीसँग उनले यो सिनेमामा जोडी बाँधेकी छिन् ।
For More videos Log on to Mazzako TV