रामकहानी चल्दा पूजालाई फाइदा, तर आकाशलाई ?
लगातार असफल सिनेमा दिइरहेका अभिनेता आकाश श्रेष्ठले रामकहानी फिल्मबाट राखेको आशा एउटा कोणबाट पुरा भएको छ । अझ यसो भनौ, रामकहानी हलमा हिट हुँदा आकाशले हिट फिल्म भन्न पाएका छन् । तर, यो सिनेमाले उनको करिअरलाई फाइदा गर्ला त ?
सिनेमा चलिरहँदा धेरैलाई आकाशको अभिनयमा भने खोट लागेको छ । आकाशले एउटै प्रकारको अभिनय गरेको प्रतिक्रिया दर्शक र समिक्षकले दिएका छन् । फिल्ममा अरु कलाकारको तुलानामा आकाश कमजोर रहेको चर्चा छ । यो सिनेमा चलेपछि अभिनेत्री पूजा शर्माले लगातार ३ वटा हिट सिनेमा दिदै ह्याट्रिक गरेकी छिन् । सिनेमाको व्यापारले फाइदा सबैभन्दा बढी पूजालाई भएको छ ।
यसैले पनि पूजा सिनेमा चलेपछि मोफसल यात्रामा लागेकी छिन् । सुदर्शन थापाले पनि निर्देशनमा ह्याट्रिक गरेका छन् । तर, आकाशको भागमा हिट सिनेमा त आएको छ, अभिनयमा भने सुधार गर्न आवश्यक छ ।
For More videos Log on to Mazzako TV