फिल्म ‘पेशा’ निर्माण हुने भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण युनिटले पेशा निर्माण गर्ने औपचारिक घोषणा गरेको हो । फायर इन्टरप्राइजेज प्रा.लि. को ब्यानर, रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहने उक्त फिल्मलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । त्यस्तै टिकाराम रखालको लेखन रहने छ ।

फिल्म ‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ्ग तथा अनिता रसाईलीको अभिनय रहनेछ । त्यस्तै राजु जंगथापाको द्वन्द,टंक बुढाथोकी तथा जी एस आलेको संगीत तथा जनक पाख्रिनको नृत्य निर्देशन रहने छ ।

For More videos Log on to Mazzako TV