रामकहानीले तीजको फाइदा उठायो
शुक्रबारदेखि रिलिज भएको सिनेमा रामकहानीले तीजको फाइदा उठाएको छ । तीजको बिदाको दिन यो सिनेमा देशैभरी हाउसफूल भएको छ । शुक्रबार भन्दा फिल्मको आजको व्यापार उच्च छ । सिनेमा हेर्नका लागि देशैभर दर्शक हलमा पुगेका छन् ।

फिल्मको प्रचारका लागि अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत चितवन पुगेका छन् । चितवनको जलमा, इन्द्रदेव, गणेश, टाडीको पर्सा हलमा यो सिनेमा हाउसफूलका साथ चलिरहेको छ । चितवनका दर्शकले यो सिनेमालाई मन पराएको अभिनेत्री पूजा शर्माले बताएकी छिन् ।
राजधानी लगायत देशैभरका सिंगल र मल्टिप्लेक्स हलमा सिनेमाको व्यापार उच्च छ । महिलाहरु सिनेमा हेर्न हलमा बढी पुगेका छन् । सुदर्शन थापाले निर्देशन गरेको यो सिनेमाले करोड भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको छ ।
For More videos Log on to Mazzako TV








