हेल्लो सरकारमा आएको प्रतिक्रियाको आधारमा चलचित्र विकास बोर्डमा कथा काठमाण्डुको ट्रेलरलाई लिएर आएको पत्रमा बोर्ड अध्यक्ष निकिता पौडेलले तत्काल एक्सन लिइन् । तर, उनको एक्सन अहिले नवुझि लिइएको भन्दै आलोचना भैरहेको छ । बोर्डले मंगलबार सिनेमा कथा काठमाण्डुको ट्रेलर युटुबबाट हटाउन निर्देशन दिएको थियो । समाजमा खलल पु¥याएको भन्दै हटाउन भनिएको थियो । तर, यसको निर्माणपक्षले भने बोर्डले पठाएको पत्रमा आपत्ती जनाएको छ ।

संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो सिनेमाको प्रियंका कार्की र प्रमोद अग्रहरिविचको दृश्यलाई लिएर आलोचना भएको छ । यसकी निर्देशक श्रेष्ठले भने बोर्डले आपत्ती जनाउँदै पठाएको युटुबको लिंक आधिकारिक नभएको बताएकी छिन् । हाइलाइट्स नेपालमा मात्र आफूहरुले आधिकारिक रुपमा ट्रेलर हालेको भन्दै उनले बोर्डले पठाएको लिंक अर्कै भएको र पाइरेट भीडियोबारे आफूहरुले उजुरी दिइसकेको बताएकी छिन् । असोजको १२ गतेबाट यो सिनेमा रिलिज हूँदैछ ।

 

For More videos Log on to Mazzako TV