हिरोलाई चाहियो साम्राज्ञी
अब नेपालका चल्तीका र नचलेका हिरो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई चाहिने होइन कि, जति पनि हिरो छन् उनीहरुलाई साम्राज्ञी चाहिने भएको छ । सिनेमा हिट बनाउन साम्राज्ञी नभई नहुने अवस्था आएको छ । यो भनाई अभिनेत्रीको हो ।
इन्टु मिन्टु लण्डनमाको प्रचारका लागि पोखरा पुगेकी अभिनेत्री शाहले आफूलाई हिरो होइन कि हिरो र निर्माताले आफू चाहिने बताएकी हुन् । उनले, सिनेमा कायरा बाहेक अरु कुनै पनि व्यापारिक रुपमा कमजोर नभएको बताइन् । साम्राज्ञीले आफ्नो स्टारडम घटेको भए दैनिक रुपमा सिनेमा अफर नआउने पिन सुनाइन् ।
साम्राज्ञीलाई पत्रकारले के तपाइलाई चल्नका लागि अभिनेता अनमोल केसी नै चाहिने हो भनेर सोधेका थिए । सो प्रश्नको जवाफमा उनले हिरोलाई आफू चाहिएको बताइन् ।
For More videos Log on to Mazzako TV