अब बिदेशमा रामकहानी
फिल्म रामकहानी अब विदेशमा रिलिज हुने भएको छ । फिल्मको प्रदर्शन सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो फिल्म रिलिज हुनेछ । यस्तै फिल्म अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ । फिल्मको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुदैछ ।

डेनमार्कपछि चलचित्रको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चलचित्र चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशमा पनि फिल्मको माग बढेको छ । यसैले विश्वभर फिल्म रिलिज गर्ने तयारी गरिएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी संवाद, कथावस्तु, क्लाइमेक्स र गीतसंगीतले दर्शकलाई आकर्षित गरेको छ । दर्शक र समिक्षले फिल्म मन पराएका छन् ।
For More videos Log on to Mazzako TV







