अभिनेत्री रेखा थापा र अभिनेता भूवन केसीविचको झगडा त सबैलाई थाहा छ । भूवन र रेखाविच अभिनेता अनमोल केसीलाई लिएर टकराव चलिरहेको छ । रेखाले २–३ वटा सिनेमा खेल्नेलाई मेघास्टार भनेको भन्दै मिडियाको आलोचना गरेपछि भूवन आक्रोशित थिए ।

अभिनेता अनमोल केसीले त आफ्ना लागि रेखा थापा नै मेघास्टार भएको बताइसकेका छन् । तर, रामकहानी सिनेमा हेर्न पुगेका रेखा र भूवनले एक अर्काको तारिफ गरेर समय खर्चिए । रेखाले त भूवन केसी आफ्नो आइडल, महानायक नै भएको बताइन् भने भूवनले पनि रेखाको प्रशंसा गरे । उनीहरुको हाँसो र निकटता हेर्दा लाग्दैनथ्यो कि उनीहरुविच शितयुद्ध चलिरहेको छ ।

तर, भूवन र रेखाविचको शितयुद्ध कस्तो हो भन्ने सबैलाई थाहा छ । भूवन आफ्नो फिल्म क्याप्टेन तिहारमा रिलिज गरेर रेखालाई को मेघास्टार भनेर देखाउने पक्षमा थिए । तर, अब क्याप्टेन तिहारमा नआउने भएको छ ।

For More videos Log on to Mazzako TV