जसितालाई छाडेनन् प्रदिपले
लिलिबिली फिल्म चल्दाको समयमा नै अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम चर्चा थियो । यी दुबै गहिरो प्रेममा रहेको खबर सार्वजनिक मात्र भएन प्रदिपलाई नसोधी जसिताले अरु ब्यानरका सिनेमामा काम गर्न नचाहेको खबर पनि आयो । केही ठूला ब्यानरका अफर प्रदिपका कारणले जसिताले नगरेको खबर पनि आयो ।
तर, लिलिबिलीपछि करिब ५ महिना शान्त बसेकी जसिता अब फेरि उनै रुमर प्रेमी प्रदिप खड्काको साथमा देखिने भएकी छिन् । असोज ५ गतेबाट छायांकनमा जाने फिल्म लभ स्टेशनमा प्रदिप र जसिताको जोडी नै देखिन लागेको हो । लिलिबिली फिल्ममा यी दुइको कामलाई मन पराइएको थियो । लभ स्टोरी कथामा बन्ने यो सिनेमालाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् ।
दार्जलिङ र सिक्किममा यो सिनेमाको छायांकन हुनेछ । गोविन्द शाही र प्रदिपले मिलेर यो सिनेमा बनाउन लागेका हुन् । रोजी सिनेमा बक्स अफिसमा असफल भएपछि प्रदिपका लागि यो सिनेमा विशेष छ ।
For More videos Log on to Mazzako TV