स्वस्तिमाको ‘बुलबुल’ भ्यालेन्टाइन डे मा
स्वस्तिमा खड्काको अभिनय रहेका फिल्म ‘बुलबुल’ छायाङ्कन सकिएको छ । साउनको अन्तिम साताबाट छायांकन सुरु भएको फिल्मको छायाङ्कन सकिएको बताइएको छ । फिल्ममा समावेश एउटा गीतको काम बाँकी राखेर फिल्मको काम सकाएको निर्देशक बिनोद पौडेलले जानकारी दिए । सुटिङ पुराभएसँगै फिल्मले प्रदर्शन मिति तय गरिएको छ । निर्माता अबिरल थापाले फिल्म फागुन ३ गते भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने बताए ।
‘साँघुरो’ का लेखक पौडेलको ‘बुलबुल’ डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको जीवनीलाई पर्दामा उत्तार्ने छ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालिकाको भूमिका प्रस्तुत भएकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।
फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल संयुक्त रुपमा निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV