यश कुमारको ‘छिरिङ्ग’ यस्तो छ ट्रेलर (भिडियो)
गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बा स्टारर फिल्म ‘छिरिङ्ग’ को ट्रेलर सार्बजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा यश कुमार, निमा रुम्बा र कामना भुजेल प्रस्तुत छन् । अशोज १२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमाा आउँने फिल्म ‘छिरिङ्ग’ यश कुमारको निर्देशन रहेको छ ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । उक्त फिल्ममा कामना भुजेल नायिकाको रुपमा छिन् ।

उपल्लो मुस्ताङको कथा बस्तु लाई दर्शाएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा को प्रस्तुतिकरण गर्छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तुमा पर्ने टिजरले दर्शाउँछ । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV








