पूजा नम्बर १ः भूवन
अभिनेता भूवन केसीले अभिनेत्री पूजा शर्मालाई नम्बर १ अभिनेत्रीको पगरी गुथाएका छन् । आइतबार बेलुकी फिल्म रामकहानी हेरेपछि भूवनले पूजाको कामको खुलेरै प्रशंसा गरे । उनले, अभिनेत्री पूजा शर्माले ३ वटा हिट फिल्म लगातार दिएकाले उनी नेपाली फिल्मको नम्बर १ अभिनेत्री भएको बताए । फिल्म रामकहानीमा पूजाले परिपक्क काम गरेको उनको भनाई छ ।

भूवनले फिल्म निकै मन परेको र निर्देशक सुदर्शन थापाको काम पनि तारिफयोग्य रहेको बताएका थिए । अभिनेता भूवन केसीले नम्बर १ को उपाधि दिएपछि अभिनेत्री पूजा शर्मा दंग छिन् । नेपालमा अभिनेत्रीको नामबाट सिनेमा चल्दैन भनिन्छ । तर, अभिनेत्री पूजा शर्माको नामले २ दिन हलमा दर्शक आउने गरेको देखिएको छ ।
यसैले पनि उनी नम्बर १ अभिनेत्री रहेको भूवनको तर्क छ । रामकहानीले ३ दिनमा १ करोड ग्रस कलेक्शन गरेको छ । पूजा यो सिनेमाको व्यापारबाट खुशी रहेको बताउँछिन् ।
For More videos Log on to Mazzako TV








