न्युयोर्कमा अमेरिकन बाबु मेड इन नेपालको प्रिमियर
ईश्वर थापा निर्देशित ‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको न्युयोर्कमा प्रिमियर गरिएको छ । अमेरिकामै बसोबास गरिरहेका कलाकारहरुलाई समेटेर बनाइएको यो चलचित्रको प्रिमियरमा दर्शकको बाक्लो उपस्थिति थियो ।
चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको कुरा प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले टिप्पणी गरे । ‘चलचित्रका निर्देशक बधाइका पात्र छन् यसका लागि,’ क्षेत्रीले भने ।
चलचित्रमा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माता रहेका उक्त चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती ‘पल’, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्करबराल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र अमेरिकाको विभिन्न शहर हुँदै ३ महिनापछि नेपालमा रिलिज गरिने बताइएको छ ।
For More videos Log on to Mazzako TV