संचिता लुइँटेल अभिनित चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रलाई पुकार भट्टराइले निर्देशन गरेका हुन् । सामाजिक कथामा निर्माण गरिएको यस चलचित्र कात्तिकको ३० गते रिलिज हुने बताईएको छ ।

चलचित्रमा संचिता लुइँटेल सहित सुवास मेचे , रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराई आदिको अभिनय रहेको छ ।

 

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जीसीको सम्पादन र सौरभ लामाको छायांकन छ । एक्सन, प्रेम र विछोडको कथालाई चलचित्रले समेटेको कुरा टिजरमा देख्न सकिन्छ ।

For More videos Log on to Mazzako TV