‘छक्का पञ्जा ३’ को दोस्रो गीत यस्तो बन्यो (भिडियो)
बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । दीपक राज गिरी र अर्जुन पोख्रेलको शब्द, अर्जुन पोख्रेलको संगीत, निशान भट्टराई र एन्जिला रेग्मीको स्वर छ ।
भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, दीपिका प्रसाईं, प्रस्तुत छन् । गीतका एरेञ्जर महाराज थापा हुन् । गीतको छायाँकन पुरुषोत्तम प्रधानले गरेका हुन् । यसअघि सार्वजनिक भएको ‘पहिलो नम्बरमा’ बोलको गीतले कम समयमै युट्युबमा करोड भ्युज पार गरिसकेको छ।

दशैमा रिलिज हुने फिल्मको ‘पछि उमेर ठल्किन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो निकै मज्जाको बनेको छ । दशैंमा रिलिज हुने यस फिल्मको दुई सिरिज बक्सअफिसको खातामा सर्वा्धिक कमाउने फिल्मको सुचिमा छन् । अब हेर्न बाकी छ तेस्रो सिरिजले क गर्छ ?
For More videos Log on to Mazzako TV








