लगालग फिल्म गरिरहेका आकाश किन रोकिए ?
अभिनेता आकाश श्रेष्ठको फिल्म गराइको लाइनअप लामो थियो । म त तिम्रै हुँ डेब्यू अभिनेताले अफर आएको फिल्म लगालग गरेका थिए । यो फिल्मपछि उनले तिमीसँग, ब्ल्याक, ड्रिम गर्ल र रामकहानीमा काम गरे । तर, अहिले उनले सिनेमामा काम गरेका छैनन्, बरु रोकिएका छन् ।

आखिर, किन आकाश एक्कासी फिल्मको अफर स्विकार गर्न छाडेर रोकिएका होलान् ? आकाशलाई फिल्मबाट ब्रेक लिन सुझाव निर्देशक सुदर्शन थापाले दिएका थिए । उनले लगालग सिनेमामा काम गरिरहेको समयमा रामकहानीमा फाइनल गरेपछि नै सुदर्शनले आकाशलाई केही समयका लागि विश्राम लिदा फाइदा हुने सुझाव दिएका थिए ।

यसैले, रामकहानीपछि आकाशले कुनै पनि फिल्म साइन गरेका छैनन् । फिल्मको व्यापार र चर्चाको हिसाबले उनलाई यसपटक फाइदा भएको छ । म त तिम्रै हुँ, तिमी सँग, ब्ल्याकले उनलाई कुनै पनि फाइदा दिए । तर, सुदर्शनको फिल्ममा काम गरेपछि आकाश स्टार हुने बाटोमा छन् । आकाशले अब रामकहानीपछि कस्तो फिल्म साइन गर्लान् भन्ने पनि सबैका लागि चासोको बिषय छ ।
For More videos Log on to Mazzako TV








