अभिनेत्री बर्षा राउतले संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजामा काम गर्ने पक्का भएको छ । उनले, सिनेमाका लागि संझौता पनि गरिसकेकी छिन् । २ हिरोइन र एक हिरोको यो सिनेमालाई कमेडी जनरामा बनाउन लागिएको छ ।

सिनेमाका लागि अभिनेत्री बर्षा सिवाकोटीलाई पनि अफर गरिएको छ । तर, बर्षा सिवाकोटीले सिनेमामा काम गर्ने वा नगर्ने बिषयमा केही पनि भनेकी छैनन् । बर्षा राउत भन्दा अगाडि बर्षा सिवाकोटीसँग कुरा चलेपनि उनले निर्णय लिन सकेकी छैनन् ।

बर्षा राउत फाइनल भएकाले पनि बर्षा सिवाकोटीले काम गर्ने कुरामा अझै दोधारे अवस्था छ । भारत र नेपालमा यो सिनेमाको छायांकन हुनेछ । असोज १ गते सिनेमाका कलाकारको घोषणा हुनेछ ।

For More videos Log on to Mazzako TV