रामकहानी करोड नजिक
शुक्रबारदेखि रिलिज भएको रामकहानी सिनेमा करोड क्लबको नजिक पुगेको छ । २ दिनमा सिनेमाले करिब ९० लाखको ग्रस कलेक्शन गरेको छ । सिनेमाले आइतबार करोड क्लब पार गर्नेछ । निर्देशक सुदर्शन थापाको यो सिनेमाले शुक्रबार करिब ३५ लाखको कलेक्शन गरेको थियो ।

शनिबार सिनेमाको कलेक्शन ६० लाख नजिक छ । वितरक सुनिल मानन्धरले सिनेमाको व्यापार पुष्टी गरेका छन् । उनका अनुसार, २ सिनेमा रिलिज हुँदा हल बाँडिएकाले पनि फिल्मको व्यापारमा केही असर परेको छ । तर, आइतबारबाट वर्ड अफ माउथका कारण रामकहानी उकालो लाग्ने उनले बताए ।
सिनेमाले तीजको बिदामा पनि राम्रो व्यापार गरेको खण्डमा लगानी सुरक्षित गर्न सजिलो हुनेछ । पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा अभिनित सिनेमाको व्यापार सिंगल र मल्टिप्लेक्स हलमा उस्तै छ ।
For More videos Log on to Mazzako TV








