आर्यन र सृष्टि ‘आउने जाने’ भन्दै नाचे
फिल्म ‘बाँध मायाले’ को ‘आउने जाने’बोलको गीत रिलिज भएको छ । डान्सिङ नम्वरको यस गीतमा अर्जुन पोखरेलको कम्पोज र लोकराज अधिकारीको शब्द रहेको छ भने दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ ।
नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, कलाकार राजाराम पौडेल लगायतको नृत्य रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ । एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । रिजल्ट भने असोज ८ गते गरिने निर्माण पक्ष्यले जानकारी दिएको छ ।


सविर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’ को एउटा गीत, प्रोमो र टिजर सार्वजनिक भैसकेका छन् ।
रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्मको असोज ५ गते प्रदशन मिती तोकिएको छ ।








