लिलिबिलीबाट रुचाइएको अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको जोडी फेरि पर्दामा देखिने भएको छ । यी दुइलाई लिएर निर्देशक उज्ज्वल घिमिरेले सिनेमा बनाउँदैछन् । गोविन्द शाही र प्रदिपकै लगानीमा बन्न लागेको सिनेमा लभ स्टेशनमा जसिता फाइनल भैसकेकी छिन् ।

रोजी रिलिज लगतै यो सिनेमाको छायांकन सुरु हुने भएकाले पनि जसिता यसको वर्कशपका लागि नेपाल आइसकेकी छिन् । उनी हाल वर्कशपमा व्यस्त छिन् । यो सिनेमा फागूणको २४ गतेबाट रिलिज हुनेछ । सिनेमाको छायांकन विभिन्न देशमा हुनेछ । यो सिनेमामा लागू पदार्थ दुव्र्यसनीमा फसेको एक यूवकको कथालाई देखाइनेछ ।

जसिता र प्रदिपको प्रेम चक्करको खबर पनि सार्वजनिक भैरहेको छ । यस्तो समयमा जसिता र प्रदिप फेरि फिल्ममा देखिदा यो चर्चालाई बल मिल्नेछ ।

 

For More videos Log on to Mazzako TV