रोजको विशेष शोमा आयो यस्तो प्रतिक्रिया
आज शुक्रबारदेखि रिलिज भएको सिनेमा रोजको विशेष शो राजधानीको क्यूएफएक्स हलमा आयोजना गरिएको छ । अभिनेता प्रदिप खड्का, मिरुना मगर र परमिता आर एल राणाको उपस्थितीमा पत्रकार र केही फिल्मीकर्मीले फिल्म हेरेका छन् ।

डेढ घन्टा लामो सिनेमाको प्रतिक्रियाबाट खुशी लागेको प्रदिपले बताएका छन् । निरक पौडेलको निर्देशनमा बनेको यो सिनेमाले प्रेमीले प्रेमिकाको हत्या किन गरे भन्ने कथालाई देखाएको छ । सिनेमाको व्यापारबाट उत्साहित भएको कलाकार प्रदिप खड्काले बताएका छन् ।
सिनेमा हेर्न अभिनेता प्रदिपका यूवती फ्यान पनि हलमा पुगेका थिए । अभिनेत्री पूजा शर्माको फिल्मसँग जुधेकाले पनि प्रदिप र पूजाको स्टारडमको तुलना हुने गरेको छ ।
For More videos Log on to Mazzako TV








