शुक्रबारदेखि रिलिज भएको फिल्म रामकहानीको व्यापारबाट यसका कलाकार खुशी देखिएका छन् । फिल्मले आज ५० प्रतिशत भन्दा माथिको व्यापार गरेको वितरकहरुले बताएका छन् । फिल्मको व्यापार वुझ्न राजधानीको विभिन्न हलमा पुगेका यसका कलाकार प्रतिक्रियाले खुशी देखिए ।

अभिनेत्री तथा निर्मात्री पूजा शर्माले फिल्मलाई दर्शकले अत्यन्त मन पराएको भन्दै शनिबारदेखि व्यापार अझै माथि हुने विश्वास व्यक्त गरिन् । निर्देशक सुदर्शन थापाले फिल्मको शोहरु बढेको बताए । राजधानी बाहिर पनि सिनेमाको ओपनिङ व्यापार ५० प्रतिशतको हारहारीमा छ । सिनेमाको प्रतिक्रिया वुझ्न राजधानीको विभिन्न हलमा पुगेका यसका कलाकारले दर्शकले कमेडी र सिरियस दुबै पाटोलाई मन पराएको बताए ।

सिनेमामा दर्शकले दिएको मायाबाट आफू अत्यन्त खुशी भएको अभिनेता आकाश श्रेष्ठले बताएका छन् । सिनेमाले भोली शनिबार आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

For More videos Log on to Mazzako TV