१० दिनको छायांकन बाँकी रहँदा फिल्म कस्मिक लभको छायांकन रोकिएको खबर छ । यो सिनेमामा प्रशान्त ताम्राकार, दिया मास्के र अर्पण थापाको मुख्य भूमिका छ । फिल्मका मुख्य निर्माता जे गौतम नै फरार भएपछि फिल्मको छायांकन रोकिएको हो ।

७५ लाख भन्दा बढी रकम खर्च भैसकेको अवस्थामा फिल्मको छायांकन रोकिएको छ । निर्माता सुरज प्रधानको समेत २५ लाख बढी खर्च भैसकेको छ । सुरजको व्यानर प्रयोग गरेर जे एस गौतमले फिल्म निर्माण गरिरहेका थिए ।

वीएस बलामी र एस अधिकारीले फिल्मको निर्देशन गरिरहेका छन् । निर्माता सुरज प्रधान मधहोस फिल्मको निर्माणमा लागेपछि कस्मिक लभ अब के हुन्छ भन्न सकिने अवस्था छैन ।

For More videos Log on to Mazzako TV