किन पक्का भएन जय भोले चल्ने दिन ?
नेपाली फिल्मकै इतिहासमा होला, पहिलो पटक निर्माताले घटस्थापनादेखि पूर्णिमासम्ममा फिल्म रिलिज हुन्छ भनिरहेका छन् । जय भोले सिनेमाका निर्देशक तथा निर्माता अशोक शर्माले फिल्म रिलिज हुने दिन पक्का गरेका छैनन् । बरु, दशैको अवधीभर कुनै पनि दिन सिनेमा रिलिज हुन सक्ने उनको तर्क छ ।
अशोक पहिलो निर्माता होलान्, जो सिनेमा तयार भैसक्दा पनि प्रदर्शन हुने दिन भन्न सकेका छैनन् । दशैमा नै फिल्म छक्का पन्जा ३ पनि रिलिज हुने भएपछि अशोकले जय भोले रिलिज हुने दिन फाइनल गर्न नसकेका हुन् । छक्का पन्जा ३ भन्दा अगाडि वा पछाडि आउँदा आफूलाई घाटा लाग्ने उनको वुझाई छ ।
यसैले छक्का पन्जा ३ आएकै दिन रिलिज गर्ने सोचमा उनी छन् । जसले गर्दा जय भोलेको ट्रेलर सार्वजनिक भैसक्दा पनि यसको प्रदर्शन दिन तय भएको छैन ।
For More videos Log on to Mazzako TV